आर्थिक

मिर्मिरे लघुवित्तको साधारण शेयरको थप निष्काशन, विक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

२३ असार, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७ हजार २६०कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ)का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड(एनएसएमबिएल)निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा आज आयोजित एक समारोह बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।