पु.समाचार

राष्ट्रघाती सरिता गिरिलाई गर्यो समाजबादीले कारबाही, आजबाट गयो साँसद पद पनि

२३ असार, काठमाडौं ।आज सरिता गिरिलाई समाजबादी जनता पार्टीले कारबाही गरेको छ । नेपालका भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका होईनन् भन्दै संसदमा प्रस्तावज दर्ता गराएकी उनलाई उक्त प्रस्ताव फिर्ता लिन पार्टीले आग्रह गर्दा नमानेपछि उनलाई कारबाही गरिएको हो ।
पार्टीका महासचिव रामसहाय यादवको संयोजकत्वमा गठित समितिले कारबाही गर्न सिफारिस गरेअनुसार गिरिलाई कारबाही भएको हो ।
आजबाट गिरि पार्र्टीको साधारण सदस्य पनि रहने छैनन् भने साँसद पदबाट पनि हटेकी छन् । समाजबादी जनता पार्टीले प्रस्टसंग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सा भएको भन्दै संसदमा मतदान गरेपनि सरिता गिरि एकल रुपमा बिरोधमा उत्रिएकी थिईन् । गिरिलाई राष्ट्रघातीको रुपमा सर्बसाधारण नेपाली जनताले सामाजिक संजालमा पगरी गुथेका छन् ।