स्वास्थ्य

गंगालालमा भर्ना भएका ७ जना बिरामीमा कोरोना देखिएपछि, आकस्मिक बाहेकका सबै सेवाहरु बन्द

३२ असार काठमाडौं । अस्पतालमा भर्ना भएका ७ जना विरामिमा कोरोना देखिएपछि गंगालाल अस्पताल शिल गरिएको छ । आज बिहान अस्पतालमा उपचाररत सात जना बिरामीमा कोरोना भाइरस पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेको हो ।

केन्द्रले सोमबार एक सूचना जारी गर्दै आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जानकारी दिएको छ । अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको केन्द्रले सूचनामा उल्लेख गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रमा सात जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् । अस्पतालमा उपचाररत बिरामीमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ ।