समाचार

पुर्व सभामुख रानाभाटकी आमाको निधन

२३ असार काठमाडौं । पुर्व सभामुख तारनाथ रानाभाटकी आमाको निधन भएको छ । राणभाटकी १ सय वर्षकी आमा खिमाकुमारी रानाभाटको आज आज बिहानै आफ्नै निवास पोखरामा निधन भएको हो ।

काग्रेक पुर्व महामन्त्री समेत रहेका तारानाथ रानाभाट सहित खिमकुमारीका ४ छोरा र २ छोरी छन् । खिमकुमारी केहि समयदेखी बिरामी थिईन ।

उनका पति पुर्व प्रजातन्त्र सेनानी नाराण्यादत्त राणाभाटको डेढ दसक अगाडी नै मृत्यु भएको थियो ।