पु.समाचार

पूर्व राजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिने सर्बसाधारणको सामाजिक संजालमा ओईरो

२३ असार, काठमाडौं । आज पूर्ब राजा ज्ञानेन्द्र शाहको जन्मदिन । जन्मजयन्तीको अवशरमा राप्रपा अध्यक्ष कमल थापा लगायत राजाबादी तथा सर्बसाधारणहरुले जन्मदिनको अवशरमा शुभकामना दिएका छन् ।
पछिल्लो समयमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का नेकपाका अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल अनि उपाध्यक्ष बामदेब गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबिचको सिद्धान्तको भन्दा पनि पद लोलुपताको बिबादलाई नेपाली जनताले नजिकबाट नियालीरहेका छन् ।

०४६ सालपछि प्रजातन्त्र त्यसपछि गणतन्त्रलाई हेरेको पुस्ताले पछिल्ला राजनीतिक घटनाक्रममा राजसंस्था, कम्युनिष्ट, काँग्रेस लगायत मुलुकका ठेकेदारहरु को दोषी छन् मुलुकको अवस्था बिग्रनुमा भन्ने मजाले छुट्याउन सक्लान तर गणतन्त्रमात्र देखेका युवाहरुले भने पहिलेको शासनपद्धतिलाई अध्ययन गरेर बुझेपनि आफ्नै आँखाले देख्न भने पाएनन् ।
आज सामाजिक सञ्जालमा पुर्व राजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिनेहरुको भीड देख्दा लाग्छ कि जनताले अब राजनीतिक दलहरुप्रति बितृष्णा जगाएर अब राजतन्त्रलाई मनपराएका छन् । जे होस् १२ बर्ष राजसंस्थाको अन्त्य भएको भएपनि जनताले राजसंस्थालाई बिर्षेका रहेनछन् भन्ने सामाजिक सञ्जालको राजसंस्थाप्रतिको जनताको चासोलाई लिएर मूल्याँकन गर्दा भने अत्युक्तिी नहोला ।
०६५ साल जेठ १५ गतेबाट नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको दिनलाई राजाबादीहरुले कालोदिन भन्दै आएका छन् । राजतन्त्र गएपछि पनि मुलुकको अवस्था सुध्रनुको सट्टा झनै बिग्रदै गएपछि राजसंस्थाप्रति जनता बढी सकारात्मक देखिन थालेको शुभकामनाका स्टाटस् हेर्दै बुझ्न सकिन्छ ।