समाचार

झलनाथले भेटे चिनियाँ राजदुत यान्छीलाई

२३ असार काठमाडौं । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेबेला आफ्नो भेटघाटमा सक्रिय चिनियाँ राजदुत होउ यान्छीले नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छिन् ।

आज बिहानै राजदुत यान्छी खनाललाई भेट्न खनाल निवास डल्लु पुगेको र दुई बिच करिब ४५ मिनेट कुराकानि भएको बताईएको छ । यसअघि पनि राजदुत यान्छीले नेकपाका नेता माधवकुमार नेपालसंग भेट गरिसकेकी छिन् ।

यद्यपी आज खनालसंगको भेटमा भएको छलफल बाहिर सार्वजनीक नभएपनि यान्छीले पछिल्लो समय नेकपामा देखिएको विवादको विषयमा चासो राखेको बुझिएको छ ।

यान्छीले नेकपाका नेताहरुको भेटवार्तामा पार्टीको विवाद हल गरेर मिलेर जानुपर्ने ताएपनि चिनियाँ राजदुको सक्रियताले नेपालको आन्तरिक मामिलामा अनावस्यक चासो भएको भन्दै टिप्पणी गर्ने गरेका छन् । यतिबेला नेकपामा अध्यक्ष तथा प्रधामन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगाएतकाबिच बिवाद भईरहेको छ ।