राजनीति

नेकपा र सरकारले समस्या आफैंं सुल्झाउदछौं भनी चिनियाँ राजदूतलाई किन भन्न नसकेको ?–डा संग्रौला

२३ असार, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा संग्रौलाले नेकपा र सरकारले आफ्नो समस्या आफैंं सुल्झाउदछौं भनी चिनियाँ राजदूतलाई किन भन्न नसकेको ? भन्दै प्रश्न गरेकी छन् ।

उनले फेसबुकमा स्टाटस् लेख्दै भनेकी छन, ‘नेपाल र भारत बिच सिमाबिबाद लगायत अन्य कति विषयका सन्दर्भमा दुई देश बीच चिसिदै गएको सम्बन्धमा एक्कासी नेकपा भित्र शक्ति संघर्ष चर्कीरहदा नेपालकालागि चिनियाँ राजदुत होउ यान्छीले कुटनैतिक आचारसंहितालाई लत्याउदै सत्तारुढ दलको घरघरमा चाहार्नुले नेपाल र भारतको सम्बन्धलाई झनजटिल बनाइ आगोमा तेल हाल्ने काम भएको छ।नेपाल दुइ छिमेकी देश भारत र चिनको बिचको तटस्थ परराष्ट्रनीतीमै आँच पुग्न गएको छ।’

पार्टीको आन्तरिक बिबाद्लाइ बढाएर शीर्ष नेताहरुनै बाह्य शक्ति बोलाउन लागि परेको गलत सन्देश सर्बत्र जानू नेपालको हित बिपरित रहेको डा संग्रौलाको तर्क छ । उनले बेलामै नेकपा र सरकारको ध्यान दिन नेकपा र सरकारलाई आग्रह समेत गरेकी छन् ।