सामाजिक सञ्जाल

बिदेशी हस्तक्षेपलाई आफु अनुकुल ब्याख्या गर्ने जोसुकै भए पनि राष्ट्रघातीः नेता गुरुगं

२३ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले बिदेशी हस्तक्षेपलाई आफु अनुकुल ब्याख्या गर्नेहरु जोसुकै भए पनि राष्ट्रघाती भएके बताएका छन् । उनले ट्वीट गर्दै कुटनैतिक मर्यादा बिपरित सरकार बचाउन चिनियाँ राजदूत@PRCAmbNepal ले गरेको घरदैलो कार्यक्रमलाई गलत भएको बताउँदै प्र.म.ओलीको भनाई बमोजिम भारतीय राजदूत @KwatraMohan ले सरकार ढलाउन गरेको षडयन्त्र दुबै बिदेशी हस्तक्षेप भएको दाबी गरेका छन् ।

उनको ट्वीटः कुटनैतिक मर्यादा बिपरित सरकार बचाउन चिनियाँ राजदूत @PRCAmbNepal ले गरेको घरदैलो कार्यक्रम र प्र.म.ओलीको भनाई बमोजिम भारतीय राजदूत @KwatraMohan  ले सरकार ढलाउन गरेको षडयन्त्र दुबै बिदेशी हस्तक्षेप हो। बिदेशी हस्तक्षेपलाई आफु अनुकुल ब्याख्या गर्नेहरु जोसुकै भए पनि राष्ट्रघाती हुन्।