पु.समाचार

मास्क नलगाई घरबाट निस्कनेलाई कारबाही गर्ने गृहको निर्णय सहीः गगन थापा

२२ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन कुमार थापाले मास्क नलगाई घरबाट निस्कनेलाई कारबाही गर्ने निर्णय एकदम सही भएको बताएका छन् ।

आज गृहमन्त्रालयले माक्स नलगाई बाहिर निस्कने सर्बसाधारण तथा सबैलाई कारबाही गर्न प्रहरीलाई परिपत्र गरेपछि उक्त निर्णयको नेता थापाले स्वागन गरेका छन् ।

उनले मास्कको प्रयोग हाम्रो आफ्नै स्वास्थ्य–सुरक्षाका लागि भएको भन्दै लगाउन सबैलाई आग्रहसमेत गरेका छन् । थापाले आह्वान गर्दै भनेका छन्, ‘स्वास्थ्य मापदण्डको पालना गरौँ। घरबाट बाहिर निस्किदा सुरक्षित दुरी अपनाऔँ, अनिवार्य रूपमा मास्क प्रयोग गरौँ र अरूलाई पनि मास्कको प्रयोग गर्न प्रोत्साहित गरौँ।’

उनले सामाजिक संञ्जाल ट्वीटरमा आफ्नी दुई छोरी र श्रीमतीसँगको तस्विर सार्बजनिक गर्दै उक्त आह्वान गरेका छन् ।