सामाजिक सञ्जाल

धनराज आक्रोशितः कुर्ची ढलाउन र बचाउन राष्ट्रियता नै तिलान्जली?

२२ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुगंले जब नेपालको सरकार ढलाउने र बचाउने काम नै बिदेशी राजदूतहरुबाट हुने हो भने हाम्रो राष्ट्रीयता कहाँ पुग्दै छ? भन्दै कडा प्रश्न गरेका छन् । उनले स्टाटस् लेख्दै कुर्ची ढलाउन र बचाउन राष्ट्रीयता नै तिलान्जली? भन्दै अर्को गम्भीर प्रश्न तेस्र्याएका छन् ।

नेता गुरुगं सरकार ढलाउन भारतीय राजदूत सक्रिय भयो भन्ने प्रधानमन्त्री ओलीको सरकार बचाउन चिनियाँ राजदूत नेताहरुको घरदैलोमा पुगेको खवर आएको छ भन्दै नेता गुरुगं पछिल्लो समयमा नेकपा नेताहरुसँगको चाईनिज राजदूतसँगको भेटलाई लिएको आक्रोशित बनेका हुन् ।

चीनकी राजदूतदे प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा बरिष्ठ नेता माधव कुमार नेताल लगायतका नेताहरुलाई भेट गरेको बिषयलाई राजनीतिकबृतमा बिरोधहरु भईरहेको छ । यसैबीच नेता गुरुगंको प्रतिकृया आएको हो ।

उनको स्टाटस्ः सरकार ढलाउन भारतीय राजदूत सक्रिय भयो भन्ने प्रधानमन्त्री ओलीको सरकार बचाउन चिनियाँ राजदूत नेताहरुको घरदैलोमा पुगेको खवर आएको छ।
जब नेपालको सरकार ढलाउने र बचाउने काम नै बिदेशी राजदूतहरुबाट हुने हो भने हाम्रो राष्ट्रीयता कहाँ पुग्दै छ? कुर्ची ढलाउन र बचाउन राष्ट्रीयता नै तिलान्जली?