राजनीति

अध्यक्ष थापाको ठोकुवाः स्वाभिमान गुमाएको व्यवस्थाले देश बचाउन/बनाउन सक्दैन

२२ असार, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले एकातिर भारतले सरकार गिराउन षढ्यन्त्र गरेको बताएपनि अर्कोतिर अर्कोतर्फ चिनियाँ राजदुत सरकार बचाउन नेताहरुको घर पुगेको भन्दै चासो देखाएका छन् ।
अध्यक्ष थापाले ट्वीटरमार्फत के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ? भन्ने प्रशनहरु गर्दै स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन भन्ने ठोकुवासमेत गरेका छन् ।

अध्यक्ष थापा आग्रह गर्छन्, ‘पुर्वाग्रहबाट माथी उठौं। विगतमा सबैबाट गल्ति भएका छन्।गल्तिबाट पाठ सिकौं, आत्मालोचना गरौं।बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं।’
उनी सार्बजनिक आह्वान गर्दै भन्छन्, ‘कसैले जित्ने, कसैले हार्ने होईन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं।’
पछिल्लो समयमा नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनाल लगायतका नेताहरुबीच बढेको दूरी र चिनियाँ राजदूतले उनीहरुका घर घरमा गएर मिलाउन खेलेको भूमिका लाई लिएर राप्रपा अध्यक्ष कमल थापाले उक्त टिप्पणी गरेका हुन् ।