राजनीति

अभियान्ताले डा महतसंग भने, ‘सरकारसँग सबै आस हरायो, अब कांग्रेसले मुलुक हाँक्नुपर्छ’

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् कोरोना अनुगमन समितिका संयोजक डाक्टर प्रकाश शरण महतले आज ह्याम्स अस्पताल पुगेर इनफ इज इनफका अभियान्ता इसान र पुकार बमको स्वास्थ्य अवस्था बारे जानकारी लिएको उनका सहयोगी अनुराग शाहले बताए।

उनका सहयोगी शाहका अनुसार कांग्रेस सहमहामन्त्री डाक्टर महतले दुई अभियान्तालाई भेटेर आफुले पनि कोरोना परिक्षणको पिसिआर विधि मार्फत दायरा बढाउन सरकारसँग भनिरहेको र युवाहरूको आन्दोलनमा आफ्नो एेक्यवद्धता रहेको बताएका थिए।

डाक्टर महतले दुई अभियान्तासँग करिब १५ मिनेट जति कुराकानीका क्रममा बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनहरु नहुदा क्वारेन्टाइनहरुनै संक्रमनको केन्द्र बनेका पनि डाक्टर महतले अभियान्ताहरु सँगको भेटमा बताए।

कांग्रेस सहमहामन्त्री महतसँग अभियान्ताले अहिलेको सरकारसँग सबै आस हराइसकेको र अब कांग्रेसलेनै यो सरकारलाई सहि बाटोमा ल्याउनु पर्ने बताए। उनीहरुले सरकारले कोरोना नियन्त्रण गर्न पिसी आर बढाउनु पर्नेमा उल्टो सत्ता लम्ब्याउने बिवादमा अल्झिनु दुःखद भएको पनि बताएको शाहले जानकारी दिए।