सामाजिक सञ्जाल

ठूला दल सत्तामा पुगे पछि हुने गुटगत किचलो नयाँ कुरा होइनः डा आचार्य

२२ असार काठमाडौं । साझा पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यले ठूला दल सत्तामा पुगे पछि हुने गुटगत किचलो नयाँ कुरा नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त प्रवक्ता आचार्यले बारम्बारको किचलोले ठूला दल भित्रको आशलाग्दो भनिएको दोस्रो पुस्ताको हविगत थाहा हुँदै गएको बताए । उनले यो पुस्तामा पनि गुटका मुखियालाई रिझाएर आफ्नो स्थान सुरक्षित गर्ने भन्दा परको सोच देखिएन भनका छन् ।

साथै प्रवक्ता आचार्यले फराकिलो दायराको राजनीतिक विकल्पको तयारी गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा भित्र दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहालको आन्तरिक किचलोलाई ईंगीत गर्दै उक्त कुरा बताएका हुन् ।

विगतमा पनि नेकपामा विवाद नभएको होईन यहाँ सम्मकी आन्तरिक किचलोका कारण पार्टी नै फुटेको थियो ।

उनको ट्वीटः ठूला दल सत्तामा पुगे पछि हुने गुटगत किचलो नयाँ कुरा होइन। बारम्बारको किचलोले ठूला दल भित्रको आशलाग्दो भनिएको दोस्रो पुस्ताको हविगत थाहा हुँदैछ । यो पुस्तामा पनि गुटका मुखियालाई रिझाएर आफ्नो स्थान सुरक्षित गर्ने भन्दा परको सोच देखिएन । फराकिलो दायराको राजनीतिक विकल्पको तयारी गरौं ।