स्वास्थ्य

आज र भोली देशैभरी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैः छुट्नुहोला नि !

२२ असार काठमाडौं । आज देशैभरी पाँच वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए र जुकाको औंषधि खुवाईदै छ । सबै अभिभावकमा आफ्नो घर नजिकैको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ए र जुकाको औंषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले आग्रह गरेको छ । साथै आज छुटेका बालालिकालाई भोली पनि औषधि खुवाईने जानकारी दिईएको छ ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष कोरोना महामारीका कारण दोस्रो चरणको कार्यक्रम असार २२ र २३ गते तय गरिएको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले जनाएको छ ।

गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका गत चैत २१ गते स्थगित गरिएको थियो ।‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ ।