उर्जा

काठमाडौंका बिभिन्न स्थानमा आज बिहान १० देखी ५ बजेसम्म बत्ती जानेः कहाँ–कहाँ ? हेर्नुहोस् !

२२ असार काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज सोमबार दिनभर वत्ति जाने भएको छ । काठमाडौँका विभिन्न स्थानमा ७ घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कुलेश्वर वितरण केन्द्र अन्तर्गतका स्थानमा एच टी लाइनको कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकोले विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणका अनुसार सोमबार कुलेश्वर वितरण केन्द्र अन्तर्गतको टेकु – थानकोट तथा टेकु – तहाचल फिडरको टेकु सबस्टेशन देखी विष्णुमती खोला सम्मको एच टी लाइनको कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गरिन लागेको हो ।

यस अन्तर्गत पर्ने कुलेश्वर, रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल,टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा विहान १० बजेबाट साँझ ५ बजेसम्म बिद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । मर्मत कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने जनाएको छ ।