सामाजिक सञ्जाल

गुरुङको कटाक्षः प्रधानमन्त्री ज्यु, नक्शा बोकी कुदेर मात्रै राष्ट्रवादी हुइदैन मिचिएको भूमि फिर्ता गराउनुस्

२२ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नक्सा बोकेर कुदेरमात्रै राष्ट्रवादी नहुने भन्दै मिचिएको भूमी फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्शण गराएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले मुलुकका विभिन्न स्थानमा भारतले सिमा मिचेको भन्ने खबरहरु आफुले सञ्चारमाध्यममा सुन्ने गरेको भन्दै पार्टीको आन्तरिक कलह त्यागि सिमामा ध्यान दिन अनुरोध गरेका छन् ।

उनले रौतहटको ईसनाथ नगरपालीका बन्जरहामा भारतले २ सय मिटर नेपाली भुमी मिचेर अस्थायी चिन्ह राखेको र १० मिटर अग्लो बाँध बाँधेको समाचार पढेको भन्दै पार्टी कलहमा ब्यस्त ओलीलाई आन्तरिक कलह थाँती राखि यता यता ध्यान दिन आग्रह गरेका छन् ।

पछिल्लो समय नेकपाको सरकार आपर्टीकै आन्तरिक कलहमै रुमलिएपछि बिभिन्न स्तरबाट बिरोध भैरहँदा नेता गुरुङले सरकारको ध्यान अतिक्रमीत सिमातिर आर्कशित गरेका छन् ।


उनको ट्वीटः रौतहटको ईसनाथ नपा बन्जरहामा भारतले २ सय मिटर नेपाली भुमी मिचेर अस्थायी चिन्ह राखेको र १० मि.अग्लो बाँध बाँधेको समाचार पढियो । पार्टी कलहमा ब्यस्त @PM_Nepal ज्यु ! आन्तरिक कलह थाँती राख्नुस् । यता ध्यान दिनुस् । नक्शा बोकेर कुदेर मात्रै राष्ट्रवादी भइँदैन। मिचिएको भुमी फिर्ता गराऔं ।