राजनीति

राष्ट्रपति र मबिरुद्धको षढ्यन्त्रकाबिरुद्ध बल प्रयोग हुनसक्छ तयार रहनुस्ः प्रधानमन्त्री ओली

२० असार, काठमाडौं। बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अब जुनसुकैबेला आफू र राष्ट्रपति बिद्यादेवी भण्डारीको बिषयमा भएका षढ्यन्त्रका बारेमा कुन कित्तामा उभिने भनेर स्पष्ट हुन भनेका छन् । प्रधानमन्त्री ओलीले आफूहरुले आवश्यक परे जस्तोसुकै कदम चाल्नपनि सक्ने बताउँदै त्यसका लागि कुन कित्तामा उभिने हो स्पष्ट हुन मन्त्रीहरुलाई सचेत गराएका छन् ।
राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने षढ्यन्त्र भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि जस्तोसुकै कदम चाल्न पछि नपर्ने जानकारी मन्त्रीहरुलाई गराएका थिए ।

राष्ट्रपति बिद्यादेवी भण्डारीसंग शितल निवासमा भेटेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री तथा राज्यमन्त्रीहरुसँग छलफलमा व्यस्त रहेका थिए । नेकपाभित्र बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, अधयक्ष पुष्पकमल दहाल लगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन दबाब दिएपछि आत्तिएका नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पछिल्लो समय राष्ट्रपतिसँगको भेटघाट बढाएका छन् भने राती बैठकसमेत राखेका हुन् ।
आज बस्ने भनिएको स्थायी समिति बैठक अचानक स्थगीत गरिएको थियो भने अध्यक्ष ओली र दहालबीच करिव एक घण्टा कुराकानी भएको थियो । दुई अध्यक्षबीच पावर सेयरिङको बिषयमा कुरा मिलेको थिएन भने प्रधानमन्त्रीको राजीनामा माग्नेहरुको जमात नेकपामा बढ्दैगएको छ । प्रधानमन्त्रीले आफ्ना समूहका कार्यकर्तालाई देशभर आफ्नो पक्षमा आन्दोलन चर्काउन भूमिका खेलेका छन् भने नेकपाका शक्तीसाली नेता बाबदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन जस्तोसुकै कदम चाल्नसमेत लागि परेका छन् । आज नेकपाका ओली पक्षका नेताहरु बामदेबलाई आफ्नो पक्षमा पार्न दिनभर सकृय भएका समाचारहरु आएका छन् ।
उनले पछिल्लो समयमा बढाएको राजनीतिक भेटघाटले प्रधानमन्त्रीले के गर्छन् आशंका जन्माएको छ । राजीनामा दिन्छन् वा अझै शक्तीसाली बन्छन् त्यो हेर्न बाँकी छ । आजको मन्त्रीहरुसँगको अनौपचारिक बैठकले भने नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कडा कदम चाल्न तयार हुने तर प्रधानमन्त्रीबाट राजीनामा नदिने संकेत देखिएको छ । मन्त्री बर्षमान पुन र घनश्याम भुषलले सम्झाउन खोजेका भएपनि प्रधानमन्त्री ओलीले उक्त सम्झाईलाई खासै महत्व नदिएको बुझिएको छ ।