सामाजिक सञ्जाल

ढलमा कोरोना देखिनु समुदायस्तरमा पसेको प्रमाणीत तर, प्रधानमन्त्री पदको झगडामाः गुरुङ

२० असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कोरोना भाईरस समुदायस्तरबाट ढलमा नै प्रवेश गरेको अवस्थामा पनि प्रधानमन्त्री ओली भने पार्टीको आन्तरिक कलहमै ब्यस्त देखिएको भन्दै चिन्ता गरेका छन् ।

नेता गुरुङ भन्छन्, ‘प्र.म.ज्यु! अब त अति नै भयो। उपत्यकाको ढल परिक्षण गर्दा कोरोना भाइरस देखिएको समाचार आयो। यसको अर्थ कोरोना समुदायमा फैलिसकेको अबस्था हो। प्र.म.ज्यु भने पार्टीको आन्तरिक कलहमै ब्यस्त देखिनुहुन्छ। जनस्वास्थ्य प्रति सरकारको चिन्ता देखिएन। @PM_Nepal ज्युको ध्यानाकर्षण गराउन चाहन्छु।’

आज बस्नेभनिएको नेकपाकोस्थायी समिति बैठकपनि स्थगीत भएको छ भने पधानमन्त्रीको राजनीनामा माग गरिएबाट उनी तनाावमा देखिँदै कोरोना संक्रमण रोकथामका लागि उदाशीन देखिन थालेकोबाट आक्रोशित हुंदै नेता गुरुङले प्रधानमन्त्री बिरुद्ध कडा टिप्पणी गरेका हुन् । आजमात्र समाचारमा बताईए अनुसार ढलमा ४ को परीक्षण गर्दा दुई मा कोरोना भाईस देखिएको थियो ।