आर्थिक

सन्राइज बैंकले श्वेता श्री फाउंडेशन लाई गर्यो ५ लाख सहयोग

२० असार काठमाडौं । सन्राइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएकोश्वेता श्री फाउंडेशनलाई रु ५ लाख सहयोग गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउंडेशनलाई सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमको बिच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले श्वेता श्री फाउंडेशनलाई चेक हस्तान्तरण गर्दै फाउंडेशनले गरेको कामको प्रशंसा गरेका थिए ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमापनि यस्ता कार्य गर्दै आएको छ । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाएका छन् ।

यस्तै नायिका श्वेता खड्काले फाउंडेशनलाई विश्वास गरेकोमा सन्राइज बैंक प्रति कृतज्ञता जनाएकी थिई । सो फाउंडेशनले स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ