पु.समाचार

बझाङ पहिरोः दुई व्यक्तिको शव फेला, अंझै अन्य केही बेपत्ता (अपडेट)

२० असार काठमाडौं । बझाङको केदारस्युँ गाउँपालीका ८ मल्लेसीमा आज बिहान गएको पहिरोमा परि बेपत्ता भएका मध्य दुई जनाको शव फेला परेको छ । भने अन्य केहि व्यक्ति अँझ हराई रहेकोले स्थानीय जनतानै खोजि कार्यमा जुटेको गरेको जानकारी दिएका छन् ।

जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेको प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले बताएका छन् । मल्लेसी गाउँ खोलैखोला भएर जानुपर्ने हुन्छ ।

तर खोलामा बाढी आएको र माथिबाट पहिरो पनि खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको डिएसपी गणेश बमले जानकारी दिएका छन् । साथै पहिरोका कारण १८ घर पुरिएका छन् भने, दुई घरमा क्षति पुगेको बताईएको छ । घटनास्थलमा प्रहरी अँझै पुग्न नसकेका कारण विस्तृत बिवरण आउन बाँकी छ ।

आज बिहान २ बजे पहिरो गएको हो । मल्लेसी गाउँमा ४० परिवारको बसोबास गरेको छ ।