समाचार

नेपाली सेनाका प्रवक्तामा पौडेल नियुक्त

२० असार काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनि सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् ।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।