प्रदेश 1

प्रदेश नं १ः शुक्रबार मात्रै ३८ जना नयाँ कोरोना सङ्क्रमित थपिए

विराटनगर, २० असार । प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच/पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ । झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक/एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको छ ।

यस्तै प्रदेशबाट शुक्रबार छ जना सङ्क्रमितको निको भई घर फर्केका छन् । घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको छ ।