खेलकुद

एट्लेटिको मड्रिडद्वारा स्पेनिस ला लिगा फुटबलमा सहज जित

२० असार एजेन्सी । अल्भारो मोराटा चम्किएको खेलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ ।

शुक्रबार राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराएको हो । एट्लेटिकोको जितमा मोराटाले दुई तथा कोकीले एक गोल गरे । जितसंगै एट्लेटिकोले शीर्ष तीनमा रहने आफ्नो सम्भावनालाई बलियो बनाएको छ ।

मोराटाले २९ औं मिनेटमा पेनाल्टीमा घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै मोराटाले एट्लेटिकोलाई २–० ले अघि बढाए । कोकीले ७९ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसंगै मड्रिड क्लब च्याम्पियन्स लिग छनोटको नजिक देखिएको छ । तेस्रो स्थानको उसले ३३ खेलबाट ६२ अंक जोडेको छ । मोलार्का २९ अंक सहित रेलिगेशन जोनमा छ ।पछिल्लो हारले उसमाथि रेलिगेशनको खतरा थप बढेको छ ।