गण्डकी प्रदेश

बेँसीशहरको बजेट ७६ करोड २० लाख

१९ असार, लमजुगं । गण्डकी प्रदेश, लमजुङस्थित बेंसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७७ /२०७८ का लागि ७६ करोड १९ लाख ५७ हजारको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको सातौँ नगरसभामा उपप्रमुख लक्ष्मी अधिकारीले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा आर्थिक वर्ष २०७७/०७८ का चालुतर्फ  ४७ करोड ७५ लाख ४४ हजार र पूँजीगततर्फ  २८ करोड ४४ लाख १३ हजार १८० विनियोजन गरिएको जनाइएको छ ।

प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, कृषि क्षेत्रको उत्थान तथा रोजगारी सिर्जना, उद्यमशीलता र जीविकोपार्जनमा जोड दिइएको छ ।
नगर प्रमुख गुमानसिंह अर्यालले पारदर्शी, जनउत्तरदायी र समृद्ध नगर निर्माणका लागि आफ्नो टोली केन्द्रित रहेको बताए । नगरसभाले ४१ निर्णय तथा आर्थिक ऐन र विनियोजन विधेयक २०७७ पारित गरेको छ ।