साहित्य

आदिकवि भानुभक्त पुरस्कार चालिसेलाई

१९ असार, काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार विविध विधाका स्तरीय कृतिहरुको रचनाबाट नेपाली साहित्यको सम्बद्र्धनमा विशिष्ट योगदान पु¥याउने वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु एक लाख २५ हजार छ ।

बैठकले यस वर्षको गोपाल पाँडे असीम पुरस्कार नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान पु¥याउनुहुने म्यान्मा निवासी ज्ञानबहादुर बगालेलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु ५० हजार छ ।

यो वर्ष यी दुवै पुरस्कार परिषद्को वार्षिकोत्सवका अवसरमा आगामी साउन ३२ गते प्रदान गरिनेछ । आदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि र गोपाल पाँडे असीम पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । परिषद्ले यही असार २९ गते बिहान रानीपोखरी अगाडि रहेको भानु प्रतिमामा माल्यार्पण गर्ने जनाएको छ । परिषद्को बैठकले शिक्षाविद्, साहित्यकार तथा वरिष्ठ समाजसेवी अङ्गूरबाबा जोशीको निधनमा शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।