समाचार

बर्दियामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी

१९ असार, काठमाडौँ । बर्दियामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ ।

बर्दियामा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या ३६ हजार ७०४ घरपरिवारका कूल ८८ हजार छ सय छन् । तीमध्ये ४७ हजार ८११ महिला र ४० हजार ८७० पुरुष छन् । यसैगरीे आठ हजार १५२ घरपरिवार बीमित छन् । उनीहरुबाट दुई करोड १६ लाख २६ हजार ६६५ रकम उठेको छ ।

नेपाल सरकारको नीतिअनुसार निःशुल्क बीमित हुने २८ हजार ५३१ घरपरिवार रहेका छन् । निःशुल्क बीमित हुने व्यक्तिका नामबाट नेपाल सरकारले रकम ब्यहोर्ने गरेको छ । आर्थिक वर्ष २०७६र०७७ को भदौ १ गतेदेखि लागू हुने गरी ७० वर्ष उमेर पुगेका वृद्धवृद्धा, एचआईभीरएड्स सङ्क्रमित, कुष्ठरोगी, रातो कार्ड प्राप्त गरेका असहाय अपाङ्ग र जटिल खालको क्षयरोगीका परिवारलाई नेपाल सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरिएको थियो । स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत शुल्क मिनाहा गरी बीमा गरेको छ ।

बर्दिया जिल्लामा आर्थिक वर्ष ०७४/७५ को असोज महिनादेखि बीमा कार्यक्रम सञ्चालन र मङ्सिर १ गतेदेखि बीमितका लागि सेवा शुरु भएको थियो । बर्दियाको सबै पालिकामा तालीम प्राप्त ८० जना बीमा कार्यकर्ता खटिएको स्वास्थ्य बीमा बोर्ड गुलरियाका दर्ता अधिकारी अर्जुन पौडेलले बताए ।

पाँच जनासम्मको परिवारमा वार्षिक दुई हजार ५०० बीमा रकम बुझाएपछि एक बीमितले आफूले गरेको बीमाबाट वार्षिकरुपमा ५० हजारसम्मको उपचार सेवा लिन पाउने व्यवस्था भएकाले स्वास्थ्य बीमा कार्यक्रमप्रति सर्वसाधारणको आकर्षण बढेको दर्ता अधिकारी पौडेलले बताए । स्वास्थ्य बीमा गरेबापत गर्भपतन, प्लाष्टिक सर्जरी, अङ्ग प्रत्यारोपणबाहेकका धेरै किसिमको उपचार सेवा पाउने व्यवस्था रहेको उनको भनाइ छ ।

चालू आर्थिक वर्ष ०७६र७७ देखि बीमाबापतको प्रिमियम रकम पाँच सदस्य भएको प्रति परिवार तीन हजार ५०० र एक लाखसम्मको औषधि उपचार बीमा सुविधा पाउने व्यवस्था छ । छ देखि १० सदस्य भएको प्रति परिवार तीन हजार पाँच सय बीमा शुल्क लाग्ने र ७०० का दरले प्रतिव्यक्ति थप शुल्क लाग्ने तथा एक लाखमा रु २० हजारका दरले बढ्दै गई रु दुई लाखसम्मको औषधि उपचार बीमा सुविधा पाउने व्यवस्था छ । ११ भन्दामाथि सदस्य भएको प्रति परिवार रु तीन हजार ५०० बीमामा शुल्कमा ७०० को दरले प्रतिव्यक्ति थप लाग्ने र रु दुई लाखसम्मको औषधि उपचार बीमा सुविधा पाउने व्यवस्था छ ।

बर्दियामा बढैयाताल गाउँपालिका, बारबर्दिया नपा र राजापुर नपामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । तीनवटै केन्द्रबाट उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको छ ।