पु.समाचार

प्रधानसेनापतिद्वारा पदोन्नति भएका उपरथी शाही र सहायकरथी पुनलाई दज्र्यानी चिन्ह

१९ असार, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथीमा प्रेम शाही र सहायकरथीमा बढुवा हुने प्रेमबहादुर पुनलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उनीहरु दुवैलाई बढुवा भएको पदको दज्र्यानी चिह्न प्रदान गरिएको हो ।

मन्त्रिपरिषद्को यही असार १५ गतेको बैठकले सहायकरथी शाहीलाई उपरथीमा तथा महासेनानी पुनलाई सहायकरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।

जङ्गी अड्डाले उपरथी शाहीलाई युद्धकार्य महानिर्देशक र सहायक रथी पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिएको छ ।