पु.समाचार

डा महतको संयोजकत्वमा गठीत कोरोना अनुगमन समितिले पायो पूर्णता ( नामसहित)

१९ असार, काठमाडौं । नेपाली काँग्रेसले बनाएको कोभिड—१९ अनुगमन समितिले आज पूर्णता पाएको छ । सहमहामन्त्री डा प्रकाश सरण महतको संयोजकत्वका गठीत समितिले आज बिभिन्न ब्यक्रीहरुलाई समितिको सदस्यमा मनोनयन गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ जेठ २६ गते बसेको बैठकले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका सहमहामन्त्री डा। प्रकाशरण महतको संयोजकत्वमा गठन गर्ने निर्णय गरे बमोजिम ‘कोभिड—१९ अनुगमन समिति’ ले आज पूर्णता प्राप्त गरेको जनाउरुँदै विज्ञप्ती जारी गरेको छ । उक्त समितिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरु सहित निम्न बमोजिम ३५ सदस्य रहेका छन् ।
संयोजक — डा. प्रकाशशरण महत
सदस्य — एन.पी. साउँद
सदस्य —  महालक्ष्मी उपाध्याय ‘डिना’
सदस्य — डा. चन्द्र भण्डारी
सदस्य —  महेन्द्र यादव
सदस्य —  गगनकुमार थापा
सदस्य —  जीवन परियार
सदस्य —  पार्वता डी.सी. चौधरी
सदस्य —  गुरुराज घिमिरे
सदस्य —  मोहनबहादुर बस्नेत
सदस्य —  योगेन्द्र चौधरी
सदस्य —  रमा कोइराला पौडेल
सदस्य —  ध्रुव वाग्ले
सदस्य —  दिव्यमणि राजभण्डारी
सदस्य —  राजीवविक्रम शाह
सदस्य —  नैनसिंह महर
सदस्य — डा. पोषराज पाण्डे
सदस्य — डा. प्रभु बुढाथोकी
सदस्य — डा. माधवी भट्ट
सदस्य — डा. लक्ष्मीराज पाठक
सदस्य — डा. मुक्तिराम श्रेष्ठ
सदस्य — श्री बद्री सिग्देल
सदस्य — डा. अच्युत वाग्ले
सदस्य —  सूर्यकान्त घिमिरे
सदस्य —  प्रेमध्वज लामा
सदस्य — प्रा.डा. धनेश्वर नेपाल
सदस्य — डा. किरण रेग्मी
सदस्य — रवीजंग पाण्डे
सदस्य —  बद्री अर्याल
सदस्य —  लालबहादुर पुन
सदस्य —  देवीप्रकाश भट्टचन
सदस्य — डा. अशेष ढुंगाना
सदस्य —  दिपकराज भट्ट
सदस्य —  सरिन घिमिरे
सदस्य —  विमल ढकाल
सदस्य सचिव — डा. प्रदीप पराजुली
समितिका संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा आजै बसेको बैठकमा कोभिड–१९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा स्वास्थ्य र अर्थ मन्त्रीहरुसंग भएको छलफल, क्वारेन्टाइन अनुगमन गर्दाको अवस्था लगायत हालसम्म भएका विविध विषयमा संयोजकले बैठकलाई जानकारी गराए । उक्त बैठकले समितिको कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गर्दै साथै स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्य लगायतका विभिन्न क्षेत्रहरुमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनिकरण गर्न हालसम्म सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय गरेको छ ।