राजनीति

नेविसंघ बलियो भएमात्र कांग्रेस बलियो हुन्छः सभापती देउवा

१९ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेविसंघ बलियो भएमात्र कांग्रेस बलियो हुने बताएका छन् । कांग्रेसका पुर्व प्रधानमन्त्री तथा शक्तिसाली नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा अवसरमा नेविसंघद्वारा आयोजित रक्तदान कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

साथै उनि पार्टीको भातृसंगठन नेविसंघ संगठन विस्तारका लागि गाउँमा नगएको भन्दै नेविसंघका कार्यकर्ताहरुप्रति आक्रोसित पनि भएका थिए । साथै सभापती देउवाले १४ औं अधिवेशनपछि नेविसंघलाई पुर्णता दिने पनि बताएका छन् । साथै उनले कोरोना माहामारीको बिचमा कार्यक्रम राखेको प्रति पनि उनि नेविसंघका कार्यकर्ताप्रति आक्रोसित भएका थिए । 

उनले माहामारीका बेला कार्यकर्ताभेला गरेर कार्यक्रम गर्न नहुनेपनि बताए । सभापती देउवाले नेविसंघ एक आपससको झगडामा रुमलिरहेकाले पार्टीमा विभिन्न समस्या आईरहेको टिप्पणी गरेका थिए ।

 

उनले गाउँ–गाउँ गएर संगठन विस्तार गरेपछि मात्रै आफुसंग कुरा गर्न उनले संगठनका कार्यकर्तालाई आग्रह गरेका थिए । साथै सभापती देउवाले कांग्रेका कार्यकर्ताहरु गाउँगाउँमा गएर संगठन विस्तारमा नजुटेका कारण कांग्रेसले हारेको र नेकपाले जितेको बताएका छन् । 

कार्यक्रममा नेविसंघको कार्यसमिति पुर्ण नभएको भन्दै नेविसंघका नेता मनोजमणी आचार्य सहितले सभापती देउवाको बिरोध गरेपछि कार्यक्रम किन राखेको भन्दै नेविसंघको वर्तमान नेतृत्वसंग समेत सभापती देउवा आक्रोसित भएका थिए ।