अन्तर्राष्ट्रिय

भारतको कानपुरमा हतियारधारीको आक्रमणमा परी आठ प्रहरीको मृत्यु

१९ असार एजेन्सी । भारतको उत्तरप्रदेशको कानपुरमा हतियारधारीको आक्रमणमा परी आठ प्रहरीको मृत्यु भएको छ ।

प्रहरीको खोजी सूचीमा रहेका विकास दुवेलाई पक्रन गएको प्रहरी टोलीमाथि गोली प्रहार हुँदा डीएसपी देवेन्द्र मिश्रासहित आठ जना प्रहरीको मृत्यु भएको भारतीय सञ्चार माध्यले जनाएका छन् ।

विकास दुवेको समूहले प्रहरीलाई घेरा हालेर अन्धाधुन्द गोली प्रहार गरेको जनाइएको छ । आक्रमणकारीहरुले प्रहरीको हतियार समेत लुटेका छन् । घटनामा विकास दुवे समूहका तीनजना पनि मारिएका प्रहरीले जनाएको छ ।