बाग्मती

स्टार कोभिड १९ बिरुद्ध पूर्वसावधानीको उच्च नमुना

१९ असार काठमाडौं । स्टार अस्पतालले, विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को सुरुवाती चरणबाट नै अपनाएको उच्च स्तरिय सावधानीले मुर्त रुप लिएको बताएको छ । जसकारण कोरोनाले युवकको अस्पतालमा मृत्यु भएपनि निर्वाध सेवा दिएको बताएको छ । अस्पतालले महामारी फैलिएदेखी नै अस्पतालमा आउने बिरामी, बिरमीका आफन्त, चिकित्सक तथा कर्मचारीको स्वाथ्यलाई ध्यानमा राखेर अस्पताको मुल गेटा फिभर क्निक सञ्चालनमा ल्याउनुका साथै ईमेर्जेन्सी तथा भर्ना हुने बिरामीहरुका लागि छुट्टै कोभिड वार्ड तथा आई.सि. यु को व्यवस्था गरेको बताएको छ ।

अस्पतालले नेपाली बजारमा व्यक्तिग सुरक्षा सााग्रि अभाव हुँदा आफै पिपिई बनाई अस्पतालमा खट्ने कर्मचारीलाई उपलब्ध गराएको र हाल विश्व स्वास्थ्यसंगठनको मापदण्ड अनुसार पिपि ई सामाग्रीका साथै अस्पतालले बिरामीलाई प्रदान गर्दै आएको जानकारी गराएको छ । अस्पतालले भर्ना हुने तथा कोभिड संकास्पद बिरामीकालागि आईशोलेसन वार्ड तथा आई। सि। यु को सुविधा, छुट्टै जनशक्ति परिचालन तथा संक्रमीत विरामि रहेको ठाउँहरु र र प्रयोग भएका सामाग्रहरु तत्कालै निमुर्लिकरण गरिएकाले अस्पताल नियमित रुपमा सञ्चालन भएको बताएको छ ।

यस कार्यका लागि अस्पतालले अस्पतालकोृ सम्पुर्ण कोरोना मेनेजमेन्ट टिमलाई धन्यवाद समेत दिएको छ । संक्रमीत आफन्त तथा बिरामीका सम्पर्कमा आएका कर्मचारी र चिकित्सकलाई अस्पतालले छेट्टै क्वारेन्टाईनको व्यवस्था गरेको पनि बताएको छ । देशमा कोरोना संक्रकणको संख्या दैनिक बढ्दै गएकोको अवस्थामा निजि स्तरको अस्पतालले कोरोना मेनेजमन्ट टिम नै गठन गरी यस किसिमको सेवा प्रदान गर्ने कार्यको प्रसंसा गर्दै अन्य सरकारकारी तथा निजी स्तरमा सञ्चालीत स्वास्थ्य प्रदायक संस्थालाई पनि उदाहरण प्रस्तुत गरेको छ स्टारर हस्पिटलले ।

साथै अस्पतालले कोरोना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट असार १३ गते अनुमति पाएको बताएको छ । अस्पतालबाट दैनिक एक हजार नमुना परिक्षण गर्न सक्ने पिसिआर मेशिन तथा जनशक्ति पनि रहेको बताएको छ । अस्पतालले नेपाल सरकारबाट संकलीत नमुना परिक्षण गर्ने छ । साथै अस्पतालले कोभिड १९ परिक्षण अनुमति प्राप्त गर्ने निजी क्षेत्रबाट संचालित पहिलो अस्पताल बनेको बताएको छ ।