राजनीति

राष्ट्रपतीले अप्रिय निर्णय लिए देशको शिर निहुरिन्छ, दुर्भाग्य नहोस्ः नेता गुरुङ

१९ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका केन्द्रिय सदस्य धनराज गुरुङले राष्ट्रपतीले अप्रिय निर्णय लिए देशको शिर निहुरिने भन्दै त्यस्तो दुर्भाग्य नहोस् भन्दै सचेत गराएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले राष्ट्रपति ब्यक्ति नभई संस्था भएकाले यो संस्था राजनैतिक दल भन्दामाथी हुने भन्दै जसलाई सम्झिंदा पनि गर्बले शीर ठाडो हुनुपर्नेमा जोड दिएका छन् ।

नेता गुरुङले त्यसैले राष्ट्रपति कुनै दलीय वा दलको पनि गुटीय स्वार्थमा कदंकदाचित प्रयोग भइदियो भने नेपालीको शीर लाजले निहुरिने भन्दै कहिं त्यस्तो दुर्भाग्य नहोस् भन्नेतर्फ सचेत गराएका हुन् ।

उनको ट्वीटः राष्ट्रपति ब्यक्ति हैन संस्था हो । जुन संस्था राजनैतिक दल भन्दामाथी हुन्छ । जसलाई सम्झिंदा पनि गर्बले शीर ठाडो होस्। त्यसैले राष्ट्रपति कुनै दलीय वा दलको पनि गुटीय स्वार्थमा कदंकदाचित प्रयोग भइदियो भने नेपालीको शीर लाजले निहुरिन्छ । कहिं त्यस्तो दुर्भाग्य नहोस् ।