समाचार

मनसुन सक्रीयः विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१९ असार काठमाडौं । मुलुकैभरी मनसुन सक्रीय भएको छ । जसको कारण आजदेखी आगामि तिनदिनसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमवीदले बताएका छन् ।

भारी वर्षापछि विभिन्न खोला-नालाहरुमा वार्ढी तथा पहिरो जान सक्नेभन्दै सबैलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आव मेघगर्जन र चट्याङ्संगै वर्षा हुने सम्भावना छ ।

आज कन्काई, बागमती, पश्चिम राप्ती नदीमा बहाव बढ्ने र केही सहायक नदीमा सतर्कताको तहसम्म पुग्ने भएकाले सजग रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । साथै आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकाली नदीमा पनि बहाव बढ्ने छ ।

आज शुत्रबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको तर कर्णालिमा भने भारी वर्षाको सम्भावना नरहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिएकी छिन् । यस्तै काठमाडौं उपत्यकामा पनि आज बिहानै मध्यम वर्षा भएको छ भने अहिले वर्षा रोकिएर बदली लागेको छ ।