गण्डकी प्रदेश

एका बिहानै गण्डकी प्रदेशमा ४ जिल्लामा थपिए ३२ जना कोरोना संक्रमीत

१९ असार काठमाडौं । एका बिहानै गण्डकी प्रदेशको चार जिल्लामा ३२ जना नयाँ कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ,तनहुँमा, पर्वतमा र बाग्लुङका गरी ३२ जना संक्रमीत थएिका हुन् ।

नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्वका ४ महिला सहित १९ जना, तनहुँका ९ जना, पर्वतका ३ जना र बाग्लुङका १ जना रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ताबिनोद बिन्दु शर्माले जानकारी दिएका छन् ।

यो संगै गण्डकी प्रदेशमा जम्मा कोरोना सङक्रमित एक हजार ६३ पुगेको छ । जसमध्य २ सय ९६ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा दुई जनाको ज्यान गएको छ ।