राजनीति

संसद अधिवेशन नाटकिय रूपबाट अन्त्य, निरंकुशता र भ्रष्टतन्त्र जोगाउने षड्यन्त्रः नेता केसि

१९ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री अर्जुननरसिं केसिले संसद अधिवेशन नाटकिय रूपबाट अन्त्य, निरंकुशता र भ्रष्टतन्त्र जोगाउने ओली सरकारको षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

बिहिबार सरकारले बिना जानकारी संसद अधिवेशन अन्त्य गरेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस लगाएतले चर्काे बिरोध गरिरहेको बेला नेता केसिको यस्तो अभिव्यक्ति आएको हो ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता केसिले स्थिरता र समृद्धिको सपना बाँडेर सत्तासीन नेकपा आफै अन्तरध्वंसी प्रवृत्तिबाट विनास उन्मुख भएको पनि टिप्पणी गरेका छन् । उनले अगाडी भनेका छन्ः नेका न अस्थिरताको कारक,न सत्ताको भागबन्डामा रुमल्लिनेहो अझ सशक्त प्रतिपक्षी नै जनादेशहो भन्ने भुल्नुहुँदैन ।

बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेपछि संसद् सचिवालयले सूचना टाँस गरेर औपचारिक रुपमा अधिवेशन अन्त्य गरेको थियो ।

उनको ट्वीटः संसद अधिवेशन नाटकिय रूपबाट अन्त्य, निरंकुशता र भ्रष्टतन्त्र जोगाउने षड्यन्त्र हो । स्थिरता र समृद्धिको सपना बाँडेर सत्तासीन नेकपा आफै अन्तरध्वंसी प्रवृत्तिबाट विनास उन्मुख छ । नेका न अस्थिरताको कारक, न सत्ताको भागबन्डामा रुमल्लिनेहो अझ सशक्त प्रतिपक्षी नै जनादेशहो भन्ने भुल्नुहुँदैन ।