समाचार

देवद्वारा बलात्कार र विभेद अन्त्य गर्न माग

१८ असार, काठमाडौँ । नेपाली काँग्रेसका जीतेन्द्रनारायण जीतेन्द्रनारायण देवले जातीय छुवाछूतको अन्त्य गर्ने कुरा संविधानको मौलिक हकमा स्पष्ट व्यवस्था रहे पनि दलितको अधिकार सुनिश्चित हुन नसकेको तर्फ ध्यानाकर्षण गराए । उनले बलात्कारका घटना बढ्दो क्रममा रहेको र त्यसमा पनि दलित बढी पीडित बनेको उल्लेख गरे ।

“दुई वर्षमा चार हजार ९४० महिलाविरुद्धका घटना भएका छन्, त्यसमा तीन हजार ५०० भन्दा बढी जबर्जस्ती करणीका घटना भए, २६ वटा घटना बलात्कारपछि हत्या भएको र त्यसमा ३५ प्रतिशत दलित परेका छन्”, सांसद देवले भने, “यस्तो कारुणिक र क्रुर किसिमको आक्रमण दलितमाथि भएको छ, यसप्रति गम्भीर हुनुपर्छ ।”
उनले दलितलाई आर्थिक रुपले मजबुत बनाउन तथा गरीब परिवारको आर्थिक अवस्था सुधार गर्नका लागि कार्यक्रम ल्याउनसमेत माग गरे । जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले मधेशी तथा दलित समुदायमा शोषण हुनेक्रम नरोकिएकामा चिन्ता प्रकट गरे । सोही पार्टीका प्रमिला कुमारीले सत्याग्रहमा बसेको व्यक्तिको मागलाई सम्बोधन गरी तिनको जीवनको रक्षा गर्न आग्रह गरे ।