राजनीति

सलहको बथानलाई नियन्त्रण गर्न काँग्रेसका तीन साँसदले गरे महत्वको प्रस्ताव दर्ता

१८ असार, काठमाडौं । नेपाली काँग्रेसका साँँसदहरु डा डीला संग्रौला, पदमनारायण चौधरी र मीना सुब्बाले आज प्रतिनिधि सभामा जरुरी महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
उनलीहरुले चारैतिरबाट नेपाली जनताले मार खेपिरहेको अवस्थामा एक्कासी सलहको बथान वा फट्याङ्ग्राहरुको हुलले समेत किसानलाई मर्माहित बनाई मकैबारी, तरकारी, धानको बीउलगायत हरियो परियो, रुख बिरुवा, झाडीलाई नष्ट बनाउने काम भैरहेको भन्दै उक्त प्रस्ताव दर्ता गराएका हुन् ।
दर्ता गरिएको प्रस्तावमा भनिएको छः
श्री सचिव,
प्रतिनिधिसभा ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८४ बमोजिम देहाय बमोजिमको संकल्प पेश गर्ने अनुमतिका लागि सूचना दिएको छु ।

संकल्प

चारैतिरबाट नेपाली जनताले मार खेपिरहेको अवस्थामा एक्कासी सलहको बथान वा फट्याङ्ग्राहरुको हुलले समेत किसानलाई मर्माहित बनाई मकैबारी, तरकारी, धानको बीउलगायत हरियो परियो, रुख बिरुवा, झाडीलाई नष्ट बनाउने काम भैरहेको छ । हाल विश्वका ९० देशका करिब चार करोड ५० लाख वर्ग किमी क्षेत्र यसको जोखिममा छ । सलहको फैलावटको अवस्थालाई केलाउने हो भने केन्याबाट सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, इथियोपिया, खाडी मुलुकहरु, इरान, पाकिस्तान हुँदै भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालमा भित्रिएको देखिन्छ । यस्तै विश्वको २० प्रतिशत भूभाग र एक दशांश जनसंख्यालाई यसले चुनौती दिन सक्ने आँकलन छ ।

यसरी भारतको सीमा क्षेत्र हुँदै मुलुकको अन्नभण्डारको रुपमा रहेको मधेस÷तराईबाट प्रवेश गरेको सलह अहिले पहाडी र हिमाली क्षेत्रमा समेत प्रवेश गरिसकेको छ । तराईको भूभाग सर्लाही, पर्सा, बारा, रुपन्दहेही, कपिलवस्तु, पाल्पा, महोत्तरी, सिन्धुली, रामेछाप, रौतहट, मकवानपुर, चितवन, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, स्याङ्जा, दाङ, प्युठान, गुल्मी, कास्की, पाँचथर, तेह्रथुम, खोटाङ, कैलाली, डडेल्धुरा र सिन्धुपाल्चोक गरी करिब ५२ जिल्लामा प्रवेश गरिसकेको छ ।

गत असार १३ गते शनिबारदेखि १६ गते मंगलबारसम्मको तथ्यांक हेर्दा करिब मकवानपुरमा १० लाख सलह भित्रिएर करिब एक हजार रोपनीमा मकैबालीमा बसेका छन् । त्यसैगरी चितवनमा करिब एक लाख, सिन्धुलीमा दुईदेखि तीन लाखसम्म जंगलमा बसेका छन् । रुपन्देहीमा पाँचदेखि सात लाख, पाल्पामा चारदेखि पाँच लाख, स्याङ्जामा ५० हजार, दाङमा करिब चार हजार, कपिलवस्तुमा सात हजार, प्युठानमा एक हजार, कास्कीमा एकदेखि दुई लाख, पाँचथर र कैलालीमा एक÷एक सय सलहको झुण्ड भित्रेका छन् ।

असार १५ गते करिब १२ लाखको संख्याको सलहको ठूलो झुन्ड दाङदेखि रोल्पासम्म पुगेको छ । काठमाडौँ उपत्यकामा पनि मंगलबार सलहको ठूलो झुण्ड देखिएको छ । यसको करिब एक चौथाई ललितपुरमा पनि प्रवेश गरेको देखिएको छ । यसरी चार दिनको अवस्था हेर्ने हो भने अब आउने दिन झन दोब्बर हुने सम्भावना देखिन्छ । किरालाई समयमा नै नष्ट गर्न सकेनौँ भने राष्ट्रले ठूलो अनिष्ट व्यहोर्नुपर्ने हुन्छ । यसरी विभिन्न जिल्लामा प्रवेश गरेको सलहको बथानलाई अविलम्ब नियन्त्रण गर्न सकेन भने खेतीपातीलाई यसले ठूलो क्षति पु¥याएर भयावह स्थिति निम्तिने सम्भावना छ । मुलुकमा सलह प्रवेश गर्ने अनुमानसम्म गर्न नसक्नु हाम्रो प्रतिकार क्षमता कमजोर भएको सूचक हो । कोरोना नियन्त्रणले हाम्रो सिङ्गै राज्य संयन्त्र माथि चाप परेको वेला सलहको प्रवेशले थप चुनौती उत्पन्न गरेको छ ।
अहिलेको समय भनेको किसानहरुले धान रोप्ने समय हो । ठिक्क पारेको धानको बीउसमेत सलहले खान थालेपछि किसान चिन्तित भएका छन् । कृषिबाली नष्ट गर्ने किरामध्ये अहिलेसम्म खतरनाक मानिएको फट्ङग्रा आकारको सलह किरा, नेपालमा व्यापक रुपमा भित्रिदा पनि यसलाई नियन्त्रण गर्ने विषादी औषधिको पर्याप्त व्यवस्थापन सरकारले अझै गर्न सकेको छैन । नेपालमा नभित्रिने अनुमान गरी सरकारले पूर्वतयारी नगर्दा अन्न बालीमा ठूलो क्षति र जोखिम निम्तिएको हो । सलहको किराबाट बालीनालीमा हुने नोक्सानी जोगाउन र किरालाई नष्ट गर्न विषादी औषधि छर्किनुपर्ने हुन्छ । तैपनि ठूलो संख्यामा रहेको ठाउँमा कीटनाशक औषधि छर्किनुपर्ने हुन्छ । त्यसैले सरकारले विषादी व्यवस्थापन, वितरण, छर्कने मेसिन र जनशक्ति आदि जस्ता पक्षमा विशेष ध्यान दिन जरुरी छ ।

यसो गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर सावधानी अपनाउनुपर्छ । सलह जस्ता किरा बढ्नुमा जलवायु परिवर्तन कारक रहेको विज्ञहरुको मत छ । यस्ता समस्याहरुसित जुध्न विश्व सामुदायबीच पैरवी गर्नुपर्दछ । यसका कारण उत्पन्न परिस्थितिसँग जुध्नुको विकल्प छैन । कम क्षति बेहार्ने गरी यो किरा नियन्त्रण गर्ने विभिन्न उपायहरु अपाउनुपर्दछ । धेरै बाली भएका क्षेत्रतिर स्थानीयस्तरमा नै कार्यदल नै बनाएर सामूहिक प्रयास गर्नुपर्ने जरुरी देखिन्छ । यसमा समुदाय र सरकारी दुवै स्तरको पहलको आवश्यकता छ ।

कृषि विशेषज्ञहरुका अनुसार यो जीवले कृषि बालीमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पु¥याउँछ । दिनमा एउटा किराले आफ्नो शरीरको तौल बराबर अर्थात् दुई ग्राम खान्छ । यसको रोकथाम र नियन्त्रण गर्न कृषि मन्त्रालयले सम्पूर्ण तयारीका साथ जुट्टनुपर्दछ नत्र भने कृषक क्षेत्रमा ठूलो अनिष्ट आउने सम्भावना देखिन्छ ।

विनाशकारी सलहको नियन्त्रण गर्ने योजना अझै बनिसकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले केवल आन्तरिक बैठकमा मात्र सीमित भएको छ । सलहले भारतमा आतङ्क मचाइरहँदा नेपालमा पनि आउन सक्ने आँकलन गरी मन्त्रालयले जेठ ३० गते गठन गरेको प्राविधिक कार्यदलले मनसुन शुरु भएपछि सलह नेपाल नआउने अनुमान गरी प्रतिवेदन बुझाएको केही दिन मै सलह मुलुक भित्र छिरेको छ । देशमा सलहको आक्रमणले किसानलाई त्राहिमाम बनाएको छ । सलहले खेतीपाती फलफूल र घाँससमेत नष्ट गर्ने भएकाले यसको प्रकोप फैलिँदा अनिकालको खतरा देखिन्छ । कोरोनाको कारणले कृषि क्षेत्र नै भरपर्दो आधार मानियता पनि खेतीबालीमा एक प्रकारको फट्ङ्ग्रा प्रजातिको सलह किरा लाखौँलाख संख्यामा एकै पटक खेतीवालीमा प्रवेश गरेर नष्ट पार्दै गएकाले अब ढिलो नगरी खेती जोगाउन कृषक, स्थानीय तहदेखि संघीय तहसम्मका सरकारी निकाय र विशेषज्ञ सक्रिय हुन आवश्यक छ । कृषकलाई बाली संरक्षणमा लाग्दा अरू रोजगारीको अवसर गुम्न गई जीवनयापनमा समस्या हुन सक्छ । यसका लागि उनीहरूले प्रतिकारमा लगाएको समयको निश्चित अंशबराबरको ज्याला दिनु पर्दछ । त्यसैले यसको न्यूनीकरण र रोकथामको लागि सम्मानित सदनमा यो संकल्प पेश गरेका छौँ ।

ज्ञ। कुनै पनि रोगव्याधि, किटाणु र किरा फट्ङ्ग्रा आदिले समेत मानिस लगायत बालीनालीमा पु¥याउने असरलाई कुनै एक देशमा देखिनुका साथ पूर्वानुमान हुँदाहुँदै पनि सतर्कता नपनाउँदा ठूलो नोक्सान व्यहोर्नुपरेको अवस्था छ । त्यसतर्फ सरकारलाई सचेत र सजग बनाउनका लागि ।
द्द। सलहको बथानलाई रोकथाम र नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गर्न ।
घ। स्थानीय कृषक, प्राविधिक विशेषज्ञ, तीन तहका सरकारका अंगहरु परिचालित भै किरा नष्ट गर्न र खाद्यान्य बालीनालीको क्षति नहुन दिन विशेष कार्यक्रम सञ्चालन गर्न ।
द्ध। कृषि क्षेत्र नै भरपर्दो क्षेत्र भन्दै आएको सन्दर्भका एक्कासी सलहको बथानले कृषि बालीमा पु¥याएको क्षति एवं कृषकलाई मानसिक र आर्थिक रुपमा पु¥याएको नोक्सानीलाई सरकारको तर्फबाट अभिभावकत्व निर्वाह गरी क्षतिपूर्ति समेतको व्यवस्था गर्न ।
छ। सरकारले बेला बखतमा देखापर्ने किरा तथा किटाणुहरु क्षतिबाट बालीनालीलाई संरक्षण गर्न स्थानीय कृषक वर्गमा सचेतना फैलाउनको साथै आवश्यक किटनाशक औषधिसमेत प्रदान गर्न र सरकारलाई घच्घचाउन ।

सम्बन्धित मन्त्रालय ः– कृषि तथा पशुपंक्षी विकास मन्त्रालय ।