समाचार

राजीनामाको चर्को माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद बैठक

१८ असार काठमाडौं । पार्टी भित्रैबाट राजिनामाको चर्काेमाग उठिरहेका बेला पार्टीका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले मन्त्रीपरिषद बैठक डाकेका छन् । बैठक मध्यान्ह १२ बजेपछि बस्ने जानकारी दिईएको छ ।

आजको बैठकमा प्रमुख सत्तारुढ नेकपामा पछिल्लो समय चर्किएको बिबादको विषयमा पनि छलफल हुनसक्के जनाईएको छ ।

यसअघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरुसँग परामर्श गरेका थिए । उनले आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएकाले सहयोग गर्न आग्रह गरेका थिए ।

यद्यपी मन्त्रिपरिषदको यो बैठक नियमित पनि हो । त्यसैले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।