प्रदेश 2

बारामा आज बिहानै चट्याङ लाग्दा ४ महिलाको मृत्युः सात घाईते

१८ असार काठमाडौं । बारामा आज बिहानै चट्याङ लाग्दा ४ जनाको मृत्यु भएको छ । धान रोप्नका लागि खेतमा गएका बेला आज बिहान ७ वजे चट्याङ लागेर अन्य सात जना घाईते भएका छन् ।

चट्याङले लागेर बारा कलैया उपमहानगरपालिका–१२ कि ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिएएका छन् ।

आज बिहानै चट्याङले लागेर बाराकै फेंटा गाउँपालिका–१ कि ४० वर्षीया सुनरपती देवी र ३० वर्षीया ईन्दु देवीको मृत्यु भएको थियो । चट्याङ लागेर फेंटा गाउँपालिका–१ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उपचारका लागी उनीहरूलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

खेत रोपाइँ गर्ने क्रममा महिलाहरुलाई चट्याङ लागेको प्रहरी नायब उपरीक्षक मिश्रले बताएका छन् ।