सुदूरपश्चिम

एक हजार खरका छाना विस्थापन गरिने

घोडाघोडी,१८असार । कैलालीमा करीब एक हजार खरका छाना विस्थापन गरिने भएको छ । जनता आवास कार्यक्रमअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा ९४९ घरका छाना फेरिने भएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका चार स्थानीय तहका खरले छाएको घरको छाना फेर्न पहिलो चरणमा बजेट विनियोजन गरिएको हो । तीन वर्षभित्र देशभरका सबै खरका छाना विस्थापन गरिने केन्द्रीय सरकारको नीतिअनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा आगामी आर्थिक वर्षका लागि करीब हजार घर परेको प्रतिनिधिसभा सदस्य झपट रावलले जानकारी दिएका छन् ।

स्थानीय तहको सिफारिसमा आफ्नो पहलमा छनोटमा परेका प्रतिघरलाई रु ५० हजारका दरले रकम दिइएको सांसद रावलले जानकारी दिएका छन् ।

सोअनुसार आगामी आर्थिक वर्षमा लम्किचुहा नगरपालिकामा ३०२ तथा गाउँपालिका मोहन्याका ३३८, बर्दगोरियाका १५६ र जानकीका १५३ घरका खरका छाना विस्थापन हुने भएका हुन् ।