समाचार

गण्डकी प्रदेशमा कोरोनाभाइरसका ८ जना नयाँ संक्रमित थपिए

१८ असार काठमाडौं । गण्डकी प्रदेशमा कोरोनाभाइरसका ८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेशका ४ जिल्लामा गरी ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार थपिएका संक्रमितमध्ये बागलुङमा एक पुरुष, स्याङ्जाको कालिगण्डकी र वालिङमा एक–एक गरी दुई पुरुष रहेका छन् । यसैगरि, तनहुँको ऋषिङ गाउँपालिकामा ३ पुरुष र पर्वतको फलेबास, कुश्मामा गरि दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०१४ पुगेको छ । कोरोना संक्रमणबाट यो प्रदेशमा दुई जनाले ज्यान गुमाई सकेका छन् ।