कर्णाली प्रदेश

नहरमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

जाजरकोट, १७ असार । नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महोत्तरीकने सोनबा गाउँपालिका–३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

राजविराज– सप्तरीको राजगढ गाउँपालिका–४ मा आज बिहान खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिएका छन् ।

बिहान करिब ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स१त ५८७६ नंको ट्र्याक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । सेभ द सप्तरीका कर्मचारीसमेत रहेका मण्डलको निधनप्रति इमान्दार कर्मचारी गुमाएको भन्दै सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देवले दुःख व्यक्त गरेका छन् ।