बाग्मती

लकडाउनमा शुल्क नलिन र लिएको फिर्ता गर्न विद्यालयलाई अखिल क्रान्तिकारीकोे आग्रह

१७ असार काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समितिले लकडाउनको समयमा शुल्क नलिन र लिएको फिर्ता गर्न विद्यालयहरुलाई आग्रह गरेको छ । 

संगठनका संयोजक बिरेन्द्र शाहले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाका कारण मुलुक आक्रान्त बनेको यो अवस्थामा प्याब्सन/एनप्याब्सनले शुल्क उठाउने भनि गरेको निर्णयको घोर भत्सर्ना र निन्दा गर्दै शुल्क नतिर्न सम्पुर्ण अभिभावकहरुमा अपिल गरेका छन् ।

साथै संगठनले निजि विद्यालयहरु द्वारा अनलाइन कक्षाको नाममा अभिभावक र विद्यार्थीहरु लाई भर्ना शुल्क र अन्य शुल्क तिर्न दिईएको दबाब रोकी हाल शुल्क नउठाउन सचेत गराएको छ । कमिशनको चलखेलमा निजि विद्यालयहरुले प्रत्येक वर्ष मनपरी ढंग बाट बदल्ने पाठय पुस्तकहरु यो वर्ष पुरानै पाठक पुस्तक कायम गर्न ध्यानाकर्षण गराएको छ ।

संगठनले सामुदायिक विद्यालय द्वारा अझैसम्म पनि अभिभावक वा विद्यार्थी लाई बोलाएर किताब पनि वितरण नगरेर तर्फ गम्भिर ध्यानाकर्शण भएको जनाउँदै उच्च सतर्कता अपनाएर विद्यार्थीहरु लाई पुस्तकहरु उपलब्ध गराउन अनुरोध गरेको छ ।

साथै संयोजक साहले विज्ञप्ति माफर्त विभिन्न संघर्षका कार्यक्रम पनि घोषणा गरेका छन् । । जस अन्तर्गत १९ गते ९ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाउने ,सरोकारवला निकाय सङ्ग अनलाइन माध्यम बाट २१ गते अन्तरक्रिया गर्ने , ३० भर्ना हुन र शुल्क तिर्न दबाब दिने विद्यालय लाई चेतावनी पत्र पठाउने, अटेर गरे आवश्यक कार्वाही गर्ने  लगाएतका रहेका छन्   ।