राजनीति

अंगीकृत नागरिकतामा पहाडे र मधेशीको चस्माले नहेरी देशको माटो छोई निर्णय गरौंः नेता गुरुङ

१७ असार काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले अंगीकृत नागरिकताको विषयमा संसदको राज्यव्यवस्था समितिको निर्णयबाट रुष्ठ भईरहेका बेला केन्द्रिय सदस्य धनराज गुरुङले सिंगो मुलुकको हितलाई ध्यानमा राखि निर्णय गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

नेता गुरुङले अंगीकृत नागरिकता बितरणमाा पहाडे र मधेशीको चस्माले नहेरी देशको माटो छोएर निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको पछि विधेयकको यो प्रावधानमा विपक्षी कांग्रेसको फरक मत आएको छ ।

उनले ट्वीटमा अगाडी लेख्छन्ः नागरिकता बारे नेका केस बैठकमा मेरो धारणाः २००९, २०२०, २०४७ वा २०६३ मा यस्तै थियो त्यसैले अहिले पनि त्यस्तै हुनु पर्छ भन्नु प्रतिगमन सोंच हो । हामी अग्रगमन चाहन्छौं । नागरिकताको विषयमा कुनै पार्टी वा व्यक्तिगत स्वार्थभन्दा पनि देशको हितमा निर्णय हुनुपर्ने तेता गुरुङले दोहर्याउँदै आएका छन् ।

उनको ट्वीटः नागरिकता बारे नेका केस बैठकमा मेरो धारणाः२००९,२०२०,२०४७ वा २०६३मा यस्तै थियो त्यसैले अहिले पनि त्यस्तै हुनु पर्छ भन्नु प्रतिगमन सोंच हो । हामी अग्रगमन चाहन्छौं । नागरिकता जस्तो गम्भीर विषयलाई पहाडे र मधेशीको चस्माले हेरिनु हुँदैन । नेपाली भएर सिङ्गो मुलुकको माटो छोएर निर्णय गरौं।