राजनीति

नेकपा बिवादः नहड्बडाई/एकताबद्ध भएर समस्याको समाधान खोज्न यी मन्त्रीको आग्रह

१७ असार काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पछिल्लो समय शिर्षनेताहरुबीच बिबाद चुल्दिै गएको छ ।  प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपीशर्मा ओलीले आफुलाई पदबाट हटाउन भारतिय दुतावासका साथै पार्टीका केही व्यक्ति लागको अभिव्यक्ति दिएपछि पार्टीमा ओलीको तिब्र आलोचना मात्रै होईन राजिनामा समेत मागिएको छ ।

मंगलबार बसेको नेकपाको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगाएतकाले ओलीले पदबाट राजिनामा दिनुपर्ने बताएका थिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १८ जना स्थायी कमिटी सदस्यले ओलीले पार्टी र सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएको टिप्पणी गरेका हुन् ।

यसैक्रममा पार्टीमा बिबाद चर्किँदै गएपछि पार्टीका दुई नेता कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले संवादमाफर्त बिबाद समाधान गरी एकतावद्ध भई अगाडी बढ्न सुझाव दिएका छन् ।

नेकपाका नेता, तथा पर्यटनमन्त्री योगेश भट्टराईले कुनैपनि समस्याको समाधान संवादबाट हुने भन्दै राम्रोसंग संवादगरी पार्टीमा देखिएको समस्या  समाधान गर्नुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त नेता भट्राईले एकपटक आँफैलाई हेर्नुपर्ने र अर्कालाई बुझ्न जरुरी रहेको भन्दै समस्यालाई झनै वढाउँदै टाढा नजान शिर्ष नेताहरुको ध्यानाकर्शण गराएका छन् । समस्याको समाधान संबादबाट समाधान गर्नुपर्नेमा उनको जोड छ ।

उनको ट्वीटः आदरणीय कमरेडहरु
एकपटक आँफैलाई हेरौ
अर्कालाई बुझौ
टाढा नजाऔ
नजिक आउँ
संबाद गरौ संबाद !

यस्तै अर्काे नेता, कृषि घनश्याम भुसालले पनि ट्वीट गरेका छन् । उनले नेकपाको जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थालेको भन्दै पार्टीमा  हरेकले फेरि एक पटक विवेक र धैर्यको परिक्षा दिनु पर्ने बताएका छन् ।

नेता भुसालले नहड्बडाएर, एकताबद्ध भएर अहिले पार्टीमा चुलिएको बिवाद समाधान गर्न शिर्ष नेताहरुलाई आग्रह गरेका छन् । नेकपाका यी दुई नेताहरुले पार्टीमा चुलिएको विवाद समाधानमा फेरीपनि सबै एक ढिक्का हुन जरुरी रहेको बताएका छन् ।

उनको ट्वीटः हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एक पटक विवेक र धैर्यको परिक्षा दिनु पर्ने भयो ! नहड्बडाएर, एकताबद्ध भएर यसको सामना गरिने छ ।