राजनीति

प्रचण्ड, माधव, झलनाथ, बामदेबसहितका नेताले मागे ओलीको दुबै पदबाट राजीनामा, ओली संकटमा

१६ असार, काठमाडौं। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य भीम आचार्य, दुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भिम रावल, रघुजी पन्त, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली लगायतका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्न भारतले भूमिका खेलेर राजदूतहरु होटल होटलमा सकृय रहेको अभिब्यक्ती दिएको कुरा स्पष्ट गर्न माग गर्दै अब दुबै पदमा बसे पार्टीको अवस्था ज्यादै नाजुक हुने उनीहरुको बिश्लेशण छ ।

पटक पटक सचिवालय बैठक सारेका नेकपाका प्रथम अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कहिले बिसञ्चो त कहिले कुनै बाहनामा स्थायी समितिको बैठकमा पनि उपस्थिति भएक थिएनन् । आजको बैठकमा प्रधानमन्त्रीको राजीनामा बरिष्ठ नेताहरुबाट मागिएपछि ओलीको पार्टी अध्यक्ष र  प्रधानमन्त्री पद धरापमा पर्न थालेको बिश्लेशण राजनीतिकबृतमा गर्न थालिएको छ ।