लुम्बिनी

प्रदेश नं ५ का वातावरण र सडकसम्बन्धी विधेयक प्रमाणीकरण

१६ असार, रुपन्देही । प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आज दुई विधेयक प्रमाणीकरण गेका छन् । प्रमुख यादवले प्रदेशसभाका बैठकबाट पारित वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सडक निर्माण, मर्मतसम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

प्रदेशसभाको बैठकले गत जेठ १७ वातावरण संरक्षणसम्बन्धी र जेठ ३२ गते सडक निर्माणसम्बन्धी विधेयक पारित गरेका थिए ।