राजनीति

प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभएर मैले मागेको हुँः अध्यक्ष दहाल

१६ असार, काठमाडौं । नेकपा स्थायी समिति बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम अर्का नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आक्रोशित बनेका छन् ।

भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको सार्बजनिक अभिब्यक्ती दिएका प्रधानमन्त्री ओलीलाई भारतले भन्दा पनि आफूले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हट्न भनेको बताएक थिए । मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा आफूको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा पार्न भूमिका खेलेको रीषले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन होटल होटलमा राजदूतहरुको सकृयता बढेको अभिब्यक्ती दिएका थिए ।
नेताहरुले कसले कसरी बैठक बसेर प्रधानमन्त्री हटाउन खोजेको हो स्पष्ट गर्न प्रधानमन्त्रीलाई माग गरेका छन् । अध्यक्ष दहालले कोरोना संक्रमणको समय शुरु भएलगत्तैको समयमा आफूले नै राजीनामा मागेको दाबी गरेका छन् । तर अिहले भने प्रधानमन्त्रीको राजीनामा आफूले नमागेको उनले बताएको स्थायी समिति सदस्यको भनाई उदृत गर्दै समाचारहरुले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीसंग सार्बजनिक रुपमा नै पार्टीभित्रपनि आफूलाई हटाउन लागिपरिरहेको बताएपनि अध्यक्ष दहाल लगायतका नेताहरु रुष्ट बनेका हुन् । सोमबारै अध्यक्ष दहालले आफ्नो निवास खमलटारमा केही नेताहरुसँग राजीनामा मागेको भन्ने बिषयमा छलफल गरेका थिए ।

आजको चौथो दिनको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्यहरू बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनर्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्य गरी १८ जनाले आ–आफ्ना धारणा राखेको प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले बताए ।