सामाजिक सञ्जाल

नेपालको स्वार्थ केन्द्रमा राख्दै कुटनीतिक चातुर्यता अपनाऔंः प्रवक्ता आचार्य

१६ असार काठमाडौं । साझा पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले नेपालको स्वार्थ केन्द्रमा राख्दै कुटनीतिक चातुर्यता अपनाउनु पर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीले चिन र भारतको कुट्नीतिक विषयमा विवदास्पद अभिव्यक्ति दिएपछि प्रवक्ता आचार्यले उक्त टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल ट्वीट माफर्त डा आचार्यले नेपालका लागि भारत, चीन र अमेरिकासँगको सम्बन्धको विशेष महत्व रहेको पनि बताएका छन् ।

उनले छिमेकी दुई देशका नेपाल प्रति आ–आफ्नै स्वार्थ रहेको र नेपालको पनि यि देश प्रति आफ्नै स्वार्थ रहेकोले छिमेकी देशका केहि स्वार्थ मिल्ने र बाझिन्छन् भन्दै सन्तुलनका लागि नेपालको स्वार्थ केन्द्रमा राख्दै कुटनीतिक चातुर्यता अपनाउनु पर्नेमा जोड दिएका छन् ।

उनको ट्वीटः नेपालका लागि भारत, चीन र अमेरिकासँगको सम्बन्धको विशेष महत्व छ। यि देशका नेपाल प्रति आ–आफ्नै स्वार्थ छन्, नेपालको पनि यि देश प्रति आफ्नै स्वार्थ छ। नेपाल र यि देशका केहि स्वार्थ मिल्छन्, केहिमा बाझिन्छन् । सन्तुलनका लागि नेपालको स्वार्थ केन्द्रमा राख्दै कुटनीतिक चातुर्यता अपनाऔं ।