पु.समाचार

यसरी थपियो साउन ७ गतेसम्म लकडाउन

१६ असार काठमाडौं । कोरोना माहामारी फैलनबाट रोक्नका लागि गत चैत्र ११ गतेदेखीको जारी लकडाउन फेरी थपिएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले जारी लकडाउनलाई थप्दै साउन ७ गतेसम्म पुर्याएको हो ।

साथै उक्त निर्णय अनुसार असार ७ गतेसम्म सार्वजनिक सवारी साधन चल्ने छैनन भने निजिमा जोर –बिजोर प्रणाली नै लागु हुने छ । साथै उद्धारबाहेकका सबै हवाई बन्द नै रहनेछन् भने विद्यालयहरुपनि पुर्ण रुपमै बन्द रहने छन् । मुलुकमा कोरोना संक्रमण दिनप्रतिदिन थपिँदै गएपछि सरकारले लकडाउनलाई जारीनै राख्ने निर्णय गरेको छ यद्यपी अतिआवस्यक लगाएत का व्यापार व्यवसायभने सञ्चालनमा आईसकेका छन् ।

यस्तै सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

सरकारले लकडाउमा केहि खुकुलो पारेपछी जनजिवा सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्श छ । नेपालमा आजसम्म कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । भने १३ हजार २ सय ४८ संक्रमीत हुँदा ३ हजार १ सय ३४ जना निको भई घर फर्किएका छन् ।